Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालिका बलात्कार कसुरमा फरार रहेका युवा पक्राउ

सोमबार, असार २५, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वमा बालिका बलात्कारको कसुर लागेर फरार रहेको एक युवा लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षिय जीवन गिरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीका अनुसार २०७८ भदौ २२ गते राती गिरीले एक १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेर घटनास्थलबाटै भागेका थिए ।

उनी बिरुद्ध प्रहरीमा उजुरी प्राप्त भए पश्चात अनुसन्धानको क्रममा खोजतलास गर्दा असार २४ गते फेला पारेर पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले उल्लेख गर्नुभयो । 

गिरीलाई कास्की जिल्लाको फूलबारीमा डेरा लिई लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्