Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
खर्च प्रगति

मुसिकोट नगरपालिकाको खर्च ८१ करोड बढी 

पछिल्लो पाँच वर्ष मध्य यसवर्ष सबैभन्दा खर्च प्रगति 
सोमबार, असार २५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ८७.५ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ८१ करोड २३ लाख ७९ हजार रुपिँया खर्च गरेको जनाएको छ । 

निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काका अनुसार यस आ.व.मा चालु तर्फ ५३ करोड २९ लाख १४ हजार अर्थात ८५.४७ प्रतिशत रुपिँया खर्च भएको छ । त्यसैगरी पुर्जिगतर्फ भने २७ करोड ९४ लाख ६५ हजार अर्थात् ९०.२३ प्रतिशत बजेट खर्च भएको छ । 

यस आर्थिक वर्षमा ६२ करोड ३५ लाख २३ हजार रुपिँया चालुतर्फ र ३० करोड ९७ लाख ३४ हजार रुपिँया पुर्जिगत तर्फ विनियोजन भएको थियो । निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्का अनुसार विनियोजित वजेट मध्य यस वर्ष विगतका पाँच वर्षभन्दा बढी प्रगती भएको हो । 

उहाँका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेटको ८४.७१ प्रतिशत मात्र खर्च भएको थियो भने आर्थिक वर्ष ०७७/०७८ मा ७८.२३ प्रतिशत रकम खर्च भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७६/०७७ मा ६७.७२ प्रतिशत वजेट खर्च भएको थियो भने आर्थिक वर्ष ०७५/०७६ मा भने ८५.२९ प्रतिशत वजेट खर्च भएको थियो । 

अधिकृत खड्काले अझै खर्चमा प्रगती गर्न सकिने अवस्था हुँदा पनि विविध समस्याको कारण हुन नसकेको बताउनुभयो । उहाँले केहि योजनाहरु ढिला गरी आएको र कर्मचारीहरुको तलब एलएमबिआईएस मा अन्तिम समयमा ईन्ट्री हुँदा केहि समस्या भएको बताउनुभयो । 

मुसिकोट नगरपालिकाका लेखा शाखा प्रमुख नरेन्द्र बिष्टले संघीय राजश्व बाँडफाँड अन्तर्गतको दुई करोड ७५ लाख रुपिँया नआउँदा समस्या भएको बताउनुभयो । उहाँले लक्ष्य अनुसारको राजश्व उठ्न नसकेको र अनलाईन प्रणालीमा बेला बेलामा आउने समस्याको कारण पनि बित्तिय प्रगतीमा केहि कमी आएको उल्लेख गर्नुभयो । तथापी यस वर्ष उल्लेख्य प्रगती भएको उहाँको भनाई रहेको छ ।

संघीय सरकारबाट आउनुपर्ने रकम नआएपछि नगरपालिकाले ६४ लाखको दायित्व बेहोर्नु परेको छ । नगर करार शिक्षकहरुको तलबको लागि आगामी वर्षमा खर्च लेखिने गरेर दायित्व भएको नगरपालिकाले जनाएको छ । 

358126564_9973294269362207_124186589932761462_n1688969386.jpg

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्