रुकुम पश्चिम : संघीय कार्यालयतर्फ ६ अर्ब ६ करोड बढी रकम खर्च

तीन ठुला आयोजनाले पुरा बजेट खर्च गर्न सकेनन्
सोमबार, असार २५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा रहेका संघीय कार्यालयहरुले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी बजेट खर्च गरेका छन् । 

संघीय सरकार अन्तर्गत रहेका विभिन्न कार्यालयहरुले ६ अर्ब ६ करोड एक लाख २१ हजार ६६८ रुपियाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्मिमले जनाएको छ । 

कोष नियन्त्रक बोमलाल पराजुलीका अनुसार प्रदेश कार्यालय अन्तर्गत रहेका जिल्लाका रहेका संघीय कार्यालय तर्फ उक्त रकम खर्च भएको हो ।

उहाँले चालुतर्फ ९७.३९ प्रतिशत बजेट खर्च भएको छ भने पूजिँगत तर्फ ६३.८७ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रक पराजुलीले दिनुभएको जानकारी अनुसार पूजिँगततर्फ प्राप्त कुल बजेट १ अर्ब ८९ करोड २८ लाख ६१ हजार पाँच सय बजेट मध्य १ अर्ब २० करोड ९० लाख ७६ हजार ७७२ रुपिँया खर्च भएको छ । 

त्यसैगरी चालुतर्फ प्राप्त कुल ४ अर्ब ९८ करोड १० लाख ४५ हजार २१४ बजेट मध्य ४ अर्ब ८५ करोड १० लाख ४४ हजार ८९६ रुपिँया मात्र खर्च भएको छ । 

उहाँका अनुसार केहि रकम माथीबाटै रोक्का भएको र केहि कार्यालय व्यवस्थापन तथा सञ्चालन तर्फको बजेट भएकोले खर्च पुरा हुन नसकेको हो । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय कार्यालय अन्तर्गत रहेका तीन कार्यालयले बढी मात्रामा बजेट आउने गर्दछ । यस वर्ष सडक डिभिजन कार्यालय चौरजहारीमा प्राप्त ३० करोड बजेट मध्य २२ करोड खर्च भएको छ भने नयाँ शहर आयोजना कार्यालयमा प्राप्त ३७ करोड वजेट मध्य २०  करोड बजेट खर्च भएको छ ।

 त्यसैगरी ग्रामीण सडक सञ्जाल आयोजना कार्यालयले कुल ३८ करोडको बजेटमा यस वर्ष २३ करोड बजेट मात्र खर्च गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्