Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतमा पहिरोले पुर्दा त्रिवेणीका एकै घरका तीन जनाको मृत्यु

सोमबार, असार २५, २०८०
tribeni2

रुकुम पश्चिमका एकै घरका तीन जनाको भारतमा ज्यान गएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका ९ टुनिबोट घर भएका ४८ वर्षीय दिपबहादुर ओली, उहाँकी ५० वर्षीया श्रीमति भिमा ओली र १७ वर्षीय छोरा मोहन ओलीको पहिरोमा परेर मृत्यु भएको हो । 

मृतकका भाई भिमबहादुर ओलीले दिनुभएको जानकारी अनुसार सोमबार बिहान ११ बजेतिर भारतको हिमाञ्चल प्रदेश सिम्ला जिल्लाको क्यारास्थित डेरामा बसिरहेको बेला भारी बर्षाको कारण आएको पहिरोले पुर्दा उहाँहरुको ज्यान गएको हो । 

उहाँहरु बिहानको कामबाट खाना खानको लागि डेरामा आउनुभएको बेला पहिरो आएको बताईएको छ । 

उहाँहरुसँगै जानुभएका मृतक ओलीका जेठा छोरा लोकेन्द्र ओली भने पहिरो आएको बेला डेरामा नभएकोले ज्यान जोगिएको छ । जेठा छोरा र बुवा आमाले काम गर्ने स्थान फरक रहेको थियो । 

उहाँहरु घरबाट रोजगारीको सिलसिलामा गत असार पहिलाे साता सपरिवार भारत जानुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्