Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवाहरुको सक्रियतामा पाथीहाल्नाको सडक मर्मत 

मंगलबार, असार २६, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का युवाहरुको सक्रियतामा यहाँको अवरुद्ध बाटो सुचारु भएको छ । 

बर्षाको कारण आएको पहिरोले अवरुद्ध भएको चौरजहारी नगरपालिका वडा नम्वर १४ को पाथीहाल्नाको सडक स्थानीय युवाहरुको सक्रियतामा निर्माण भएको हो । 

यहाँको करिब एक किलोमिटर सडक मर्मत भएपछि अवरुद्ध भएको सडक खुलेको छ । स्थानीय युवाहरु गणेश कुमार विष्ट, कृण्णाबहादुर विष्ट, तेजबहादुर विष्ट, कमल विष्ट र मानसिं बि.क. लगायतको सक्रियता र पहलमा बाटो मर्मत भएको हो । 

बाटो निर्माणमा सक्रिय रहनुभएका गणेश कुमार बिष्टले बर्षाको बेला सधै सास्ती बेहोर्नु पर्ने अवस्था रहेकोले गाउँकै युवाहरु मिलेर स्वतस्फूर्त रुपमा बाटो बनाएको बताउनुभयो । अरुको मुख ताक्दा समयमै काम नहुने भएपछि युवाहरु आफै बाटो बनाउन कस्सिएको उहाँको भनाई रहेको छ ।

अहिले पुरानापानी सडकमा भएको पहिरो, हिलो हटाउनुका साथै खाल्डाहरु पुरिएको छ । सडकमा सवारी साधनहरु चल्न छोडेपछि बाटो बनाउन पहल गरिएको हो । 

सडक मर्मत गरिएपछि अहिले झुल्नेटा नुवाकोट तिमीले जोगिनेटा जुम्लीपोखरी कोटजहारी हुँदै चौरजहारी जाने बाटो सुचारु भएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्