Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डा. भुजेलद्वारा जन्मदिनको अवसरमा पत्रकारको दुर्घटना बिमा

मंगलबार, असार २६, २०८०
tribeni2

रुकुम पश्चिम । डा. राजकुमार भुजेलले आफ्नो जन्मदिनको अवसरमा १३ जना पत्रकारको दुर्घटना बिमा गरिदिनुभएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका -१ बागबजारमा रहेको खलंगा सिटी अस्पतालका संचालक डा. भुजेलले आफ्नो २९ औं जन्मदिनको अवसरमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिममा आबद्ध १३ जना पत्रकारलाई दुर्घटना बीमा गरिदिनुभएको प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो ।

उहाँले १३ जना पत्रकारलाई दुई लाख ५० हजार बराबरको दुर्घटना बीमा गरिदिनुभएको अध्यक्ष ओलीले बताउनुभयो ।

दुर्घटना बिमाका साथै उहाँले आफ्नो जन्मगाउँ धादिङमा रहेको एक विद्यालयको कोषमा रकम सहयोग गर्नुभएको छ । उहाँले सत्यवती उच्च माध्यमिक विद्यालयमा रहेको बाल शिक्षा कोषमा २० हजार रूपैयाँ सहयोग गर्नुभएको हो ।

जन्मदिन मनाउने खर्चलाई कटाएर सामाजिक काममा गर्च गरेको डाक्टर भुजेलले बताउनुभयो ।

धादिङ निवासी डाक्टर भुजेलले विगत २ वर्ष देखि खलंगाको बागबजारमा खलंगा सिटी अस्पताल संचालन गर्दै आउनुभएको छ । यसअघि उहाँले लामो समयसम्म जिल्ला अस्पताल सल्लेमा सेवा गर्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्