Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : गाउँपालिकाका इन्जिनियरलाई 'तीन मुक्का, एक लात्ति' बजारियो

योजनाको कम मूल्यांकन गरेको भन्दै कुटपिट
बुधबार, असार २७, २०८०
tribeni2

रुकुम पश्चिम । योजनाको कम मूल्यांकन गरेको भन्दै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका इन्जिनियर माथि कुटपिट भएको छ ।

गाउँपालिकामा कार्यरत इन्जिनियर रेशम लम्साल माथि बुधबार बिहान स्थानीय सिम्ली बजारमा कुटपिट भएको हो । खाना खाएर कार्यालय जान लागेको बेला सानीभेरी गाउँपालिका वडा नम्वर ३ निवासी गोविन्द ओलीले लम्साललाई कुटपिट गर्नुभएको हो । 

योजनाको कम मुल्यांकन गरेको भन्दै उहाँ माथी कुटपिट भएको बताईएको छ । इन्जिनियर लम्सालले आफूलाई ओलीले पहिले देखि नै धम्की दिदै आएको  र आज कुटपिट गरेको बताउनुभयो ।

उहाँले आफ्नो टाउकोमा तीन मुक्का र पेटमा लात्ति हानेर सडकमा लडाईएको बताउनुभयो । कुटपिटपछि लम्सालको निधारमा निलो डाम भएको छ । 

सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु रंगशाला निर्माणको मुल्यांकनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताइएको छ ।  रंगशाला निर्माण समितिका अध्यक्ष ओलीले यही विषयलाई लिएर इन्जिनियर माथि कुटपिट गरेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताउनुभयो ।  उहाँका अनुसार इन्जिनियरमाथि कुटपिट गर्ने ओलीलाई प्रहरी चौकी सिम्लीले नियन्त्रणमा लिएको छ । 

कुटपिट गर्ने ओली नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल रुकुम पश्चिमका जिल्ला संयोजक र जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमको कार्यबहाक अध्यक्ष समेत हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्