Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इन्जिनियर कुटपिट घटना : मिलापत्र भएपछि कार्यालयको सेवा सुचारु

बिहीबार, असार २८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सेवा सुचारु भएको छ । 

बुधबार गाउँपालिकाका इन्जिनियर रेशम लम्साल माथि कुटपिट भएको भन्दै कर्मचारीहरुद्धारा ठप्प पारिएको सेवा आजदेखि सुचारु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले पालिकाको सबै सेवा सुरु भएको बताउनुभयो । 

इन्जिनियर लम्सालमाथि कार्यालय जाने क्रममा कुटपिट भएको भन्दै कर्मचारीको सुरक्षा र दोषिलाई कारवाहीको माग गर्दै गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारिएको थियो । 

घटनाको बिषयमा बुधबार बेलुका स्थानीय प्रशासनको उपस्थितिमा प्रशासनिक दण्ड जरिवाना सहित दुवै पक्षको सहमतिमा मिलापत्र भई सकेको हुँदा कार्यालयको सेवा सुरु गरिएको हो । सहमतिमा आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ ।  

सानीभेरी गाउँपालिका वडा नम्बर ३ का गोविन्द ओलीले इन्जिनियर लम्सालमाथि कुटपिट गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्