सोसल मिडिया
जनताबाट अनूमोदित भएपछि सेवाभावका साथ हर काममा प्रयत्नशिल छु । जेठ महिना लागेपछि झन् बढी कामको चापमा थिए । बार्षिक समिक्षा, बार्षिक नीति तथा कार्यक्रम, बजेट बक्तव्य, अनुगमन, प्रदेश तथा संघीय सरकारका कार्यक्रम, स्थानीय कार्यक्रम लगायतका तमाम् कामले घरमा नियमित जसो कुरा हुन सकिरहेको थिएन ।
केहि दिन यता पालिका केन्द्र रहेको तकदेखि विभिन्न वडाहरुको सञ्चार समन्वयपनि टुटेको थियो । हावा लाग्दा जाने बत्ति र पानी पर्दा टुट्ने फोनको नेटवर्कले रुकुमका आम सर्वसाधारणले सास्ती खेपिरहेको कुरा नयाँ होईन । बारम्बार यो समस्या झेल्नुपरेको छ ।
दश दिन अघि पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा रहेको घरमा सम्पर्क भएको थियो । जहाँ मेरो जन्मदिने आमा बस्नुहुन्छ । सानैमा बुवा गुमाएपछि मैले आमाले दिनुभएको ममता र संरक्षकत्वमा यहाँसम्म पुगेकी हुँ । त्यसपछि बर्षा लाग्यो, न फोन न बत्ति । आमासँग बोल्न नपाउँदा नियास्रो लागि रहेको थियो, मन बैचैनी भईरहेको थियो ।
असार २८ गते बिहिबार अर्थात आजकै दिन कार्यपालिका बैठक बोलाएका थियौ । बैठक महत्वपूर्ण थियो । गाउँपालिकामा १५ शैयाको अस्पतालको प्रस्ताव झन् महत्वपूर्ण थियो । म आफैले जनप्रतिनिधिहरु तथा कार्यपालिकाका साथीहरुसँग बैठकमा उपस्थितिको लागि समन्वय पनि गरिरहेकी थिए ।
लुम्बिन्नी प्रदेशको एक मात्र हिमाली जिल्ला, जिल्लाको पनि सबैभन्दा दुर्गम पालिका हो हाम्रो । चेतनास्तर र स्वास्थ्यको सवाल हाम्रो प्राथमिकतामा छ । १५ शैयाको अस्पताल सञ्चालनको लागि कार्यपालिमा छलफल हुने लगायतका महत्वपूर्ण निर्णयको पर्खाईमा म आतुर थिए ।
बैठकको सुरुवात हुनेबेला गाउँका हुलाकी (कठुवाल) को खबर आईपुग्यो, “कोलका दुई बुद्ध आमा लामो समयदेखि सिकिस्त छन्, उपचारको पर्खाईमा छट्पटिरहेका छन् ।” उनी सेराको गोठतिर जाने बेलामा यो खबर पनि बोकेर आएका रहेछन् । म भने तकमा थिए ।
झसङग भए, आमाको याद आयो । आफ्नै गाउँका बृद्ध आमाहरु, ती पनि उपचार नपाएर छट्पटिरहेको भन्ने खबरले मन थाम्नै सकिन । हतार हतार गाउँपालिकको एम्बुलेन्स खोजी गरे । तयारी अवस्थामा रहेको कार्यपालिका बैठक छोडेर एम्बुलेन्समा बसे ।
निर्माण हुँदाहुँदै अलपत्र परेको सहिद मार्ग र सहिद मार्ग छोडेर बर्षाले बिगारेको क्युवाङ–कोल सडक भएर कोल पुगे । यस बिचमा दर्जनौ ठाउँमा फसेको एम्बुलेन्स उतारियो, बाटोका ढुङगा हटाईयो । दुर्गममा हुनुको पीडा अत्याधिक बोध भयो ।
कोल पुगेपछि एक बिरामी मेरै आमा भएको थाहा भयो । हतार हतार घर गए । अनुहार सुन्निएको, मुख नखुल्ने, कतिदिन देखि खाना खान नसकेको लगायतका समस्याले उहाँ थला पर्नुभएको रैछ । आमालाई देख्दा मन थाम्नै सकिन । तर, रोएर समय बिताउँदा थप समस्या हुने निश्चित थियो । तत्काल आमालाई एम्बुलेन्समा लिए ।
अलि वर आईसकेपछि अर्की ७० वर्षिया आमालाई झन् बिजोग अवस्थामा देखे । गौवन माला सुनार, उहाँ पनि एकल महिला । नाकबाट रगत बगिरहेको, न बोल्न सक्ने, न केहि भन्न सक्ने । उहाँको अवस्था झन नाजुक थियो । हतार नगरेर उहाँलाई पनि एम्बुलेन्समा राखे ।
प्राथमिक स्वास्थ्य चौकी कोलमा लगे । न जनशक्ति, न त पर्याप्त उपकरण । त्यहाँ उपचारको आशा गरेमा दुबै आमाहरुको ज्यानको भर थिएन । राम्रो ठाउँमा पुर्याउछु भनेर रुकुमकोटमा रहेको रुकुम पूर्व अस्पतालमा ल्याईपुर्याए ।
डाक्टरकोमा लिए । सबै अवस्था जानकारी गराए । चेकजाँच सुरु भयो । लामो सास ताने । मलाई एक मत दिएर चुनाव जिताउने ७० वर्षिया आमा गौवन माला सुनारलाई अस्पतालमा भर्ना गरे । मलाई जन्मदिने आमालाई फेरि डेन्टलमा लिनुपर्ने भएकोले रुकुमकोटमै रहेको अर्को अस्पतालमा भर्ना गरे ।
डाक्टरकोमा ल्याई पुर्याए, थप केहि भएमा अन्यत्रै लिनुपर्दा अब अलि सहज होला । यता आईपुग्दा मोबाईल नेटवर्कले पनि काम गर्यो । सबैतिर सोधपुछ गर्न मिल्यो । लाग्यो, आज दुई आमा बचाँए ।
उता कार्यपालिमा हुने स्वास्थ्यकै प्रस्ताव, यता उपचार नपाएर छटपटिएका दुई आमाको ज्यान । मलाई ज्यान बचाउने कुरा नै प्राथमिकता लाग्यो । उपचार हुँदैछ, अब अप्रिय खबर सुन्नुपर्ने अवस्था छैन । दुबै मेरा आमा हुन् । उपचार खर्च र एम्बुलेन्स खर्च म आफै बेहोर्नेछु ।
महत्वपूर्ण कार्यपालिका बैठक छोडेर आज मैले जन्मदिने आमा र भावनात्मक आमा दुवैलाई बचाउँन सदरमुकामसम्म आईपुगे । मलाई लाग्छ, यो पनि ठुलो सेवा हो । मेरो आमा भएर मात्र हैन, गाउँपालिकावासीको हरेक दुखमा साथ दिन म हरपल तयार रहेको छु ।
भौगोलिक विकटताको मार र केन्द्रिय राज्यको पक्षपाती नजर खेपिरहेको रुकुम पूर्वको पुथा उत्तरगंगामा अभाव र आवश्यकताका चाङहरु अनेक छन् । तरपनि हामी जनतालाई घर आँगनको सरकारको अनूभुति दिलाउँन हामी लागि परेका छौ ।
- (बुढा, पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ ।)