Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविमा शिक्षक अभिभावक संघ गठन

बिहीबार, असार २८, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ पुनः गठन गरिएको छ । 

बिहिबार विद्यालयमा भएको अभिभावक भेलाले फनेन्द्र आचार्यको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको हो ।

विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लका अनुसार संघको सदस्यहरुमा नन्दकुमारी बुढा क्षेत्री, केशव शाही, टेक बहादुर बस्नेत, बिष्णु सुनार, निर्मला बोहरा, अबिनाश सुनार चयन हुनुभएको ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापा र प्रधानाध्यापक चन्द्र बहादुर मल्ल संघको पदेन सदस्य हुनुहुन्छ । 

प्रधानाध्यापक मल्लले सिस्ने गाउँपालिकाको शिक्षा ऐन र नियमावली, २०७६ अनुसार दुई वर्षको कार्यकाल रहनेगरी उक्त संघ गठन गरिएको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिक अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षमा भएको भेलामा विद्यालयका शिक्षक, अभिभावक, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवीहरु, व्यापारी एवमु पूर्व बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्