Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुकाममा बजार अनुगमन, म्याद नाघेका खाद्य सामाग्री नष्ट

बिहीबार, असार २८, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -५ हुकाममा बजार अनुगमन गरिएको छ । बिहिबार हुकाम गाउँमा रहेका पसलहरुमा अनुगमन गरिएको हो । 

वडा अध्यक्ष टिकासाई घर्तीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामाग्रीहरु फेला पारिएको छ । वडा अध्यक्ष घर्तीका अनुसार म्याद नाघेका १५ हजार १२५ मूल्य बराबरका खाद्य समाग्रीहरु जफत गरेर नष्ट पारिएको छ । 

पसमा रहेका तेल, मसला, बेसार, खुसार्नीको धुलो, बदाम जुस, कोक, फ्रुटी, बिस्कुट, दालमोठ, चियापत्ति, चाउचाउ, सोयबिन लगायतका खाद्य वस्तुहरुको मिति गुज्रेको पाईएपछि जफत गरेर नष्ट गरिएको वडा अध्यक्ष घर्तीले बताउनुभयो ।

उपभोक्ताहरुलाई स्वस्थ  तथा गुणस्तरिय खाद्य वस्तुहरुको प्रयोगको लागि बजार अनुगमन गरिएको हो । 

अनुगमनमा हुकाम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तिलहादुर खत्री लगायतका अन्य सुरक्षाकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

358668395_9758593767546916_1340428087396283427_n1689257033.jpg

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्