Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका १५ जना उत्कृष्ट किसान पुरस्कृत

शुक्रबार, असार २९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा १५ जना किसान पुरस्कृत हुनुभएको छ । कृषिका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरु छनौट गरेर आज सदरमुकाम मुसिकोटमा पुरस्कार सहित सम्मान गरिएको हो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सात जना र कृषि विकास कार्यालयबाट आठ उत्कृष्ट किसानहरु छनौट गरेर पुरस्कृत गरिएको हो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्माका अनुसार आर्थिक वर्ष ०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार उत्कृष्ट किसानहरु छनौट गरेर नगद सहित सम्मान गरिएको हो । 

पुरस्कृत तथा सम्मानित हुनेहरुमा बाख्रापालक किसानतर्फ आठविसकोट नगरपालिका १२ का इकर्के पुन, भैसीपालक किसानतर्फ मुसिकोट नगरपालिका ४ का राजु ओली र बंगुलपालनतर्फ मुसिकोट नगरपालिका ४ का लुमा खड्का बुढामगर हुनुहुन्छ ।

त्यसैगरी घाँस विकास तर्फ मुसिकोट नगरपालिका ४ का पल बहादुर खड्का, माछापालन तर्फ आठविकासकोट नगरपालिका ७ का तिलक बुढा, विशिष्ट जातको कालिज पालनतर्फ चौरजहारी नगरपालिका ४ का धिरज भण्डारी र सहकारी तर्फ मुसिकोट नगरपालिका ४ स्थित सिद्धार्थ सहकारी सस्थाका अध्यक्ष रिमा खड्का सम्मानित हुनुभएको छ । 

पुरस्कृत तथा सम्मानित हुनेहरु मध्य सहकारीका रिमा खड्कालाई नगर बीस हजार पुरस्कार, प्रमाणपत्र र दोसल्ला सहित सममान गरएिको हो भने  अन्य ६ जनालाई नगद दश हजार पुरस्कार  सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । 

WhatsApp Image 2023-07-14 at 15.26.381689333804.jpg

त्यसैगरी कृषि विकास कार्यालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि छनौटमा परेका आठ जना किसानलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

कार्यालयका निमित्त कार्यालय प्रमुख मिन बहादुर केसीका अनुसार सम्मानित हुनेहरुमा मौरीपालक किसानतर्फ बाँफिकोट गाउँपालिका ४ का नरबहादुर चन्द, फलफूल खेती (कागती) तर्फ त्रिवेणी गाउँपालिका २ का पुष्पलाल बोहरा, फलफूल (किवी) तर्फ बाँफिकोट गाउँपालिका ७ का चुके शाही र खाद्यन्नबाली बीउ तर्फ मुसिकोट नगरपालिका ७ का किसान याम कुमारी पाण्डे सम्मानित हुनुभएको छ । 

त्यसैगरी तरकारी बीउ तर्फ सानीभेरी गाउँपालिका ९ का टंक प्रकाश खड्का, च्याउ सिताके उत्पादन गर्ने किसान त्रिवेणी गाउँपालिका ५ बिमला ओली, तरकारी खेती तर्फ मुसिकोट नगरपालिका ३ का चक्रबहादुर बिष्ट र सहकारीतर्फ चौरजहारी नगरपालिका १० का किसान गोपा बिएम सम्मानित हुनुभएको छ ।

सहकारी तर्फबाट सम्मानित हुनुहुने गोपा बिएमलाई नगद बीस हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो भने अन्यलाई नगद दश हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

मुसिकोटमा भएको उत्कृष्ट किसान सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायतले उहाँहरुलाई सम्मान गर्नुभएको हो । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्