Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका कृषि र पशु सेवा कार्यालयको बार्षिक समिक्षा सम्पन्न

शुक्रबार, असार २९, २०८०
tribeni2

रुकुम पश्चिम । कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गरिएको छ । 

आज शुक्रबारका दिन दुबै कार्यालयद्वारा सयुक्त रुपमा मुसिकोट नगरपालिका १ मा जिल्ला स्तरिय बार्षिक समिक्षा गोष्ठि कार्यक्रम आयोजना गरेर समिक्षा गरिएको हो । 

कार्यक्रममा कृषि विकास कार्यालयका निमित्त प्रमुख मिन बहशादुर केसीले आर्थिक वर्ष ०७९/८० मा कार्यालयको तर्फबाट जिल्लाभर भएका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको जानकारी गराउनुभएको थियो । 

त्यसैगरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख ज्ञानु कुमार शर्माले आफ्नो कार्यालयले वर्षभरिमा जिल्लामा गरेका गतिविधिहरुको प्रस्तुती राख्नुभएको थियो । 

दुवै कार्यालयका तर्फबाट राखिएको प्रस्तुतीमा सहभागी किसान तथा आमन्त्रित अतिथीहरुले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । सहभागीहरुले दुवै कार्यालयले वर्ष दिनमा गरेका कार्यक्रमहरु उत्कृष्ट रहेकोले थप प्रभावकारी बनाउन अनुरोध गरेका छन् । 

WhatsApp Image 2023-07-14 at 18.03.481689337292.jpg

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख ज्ञानु कुमार शर्माको अध्यक्षतामा भएको बार्षिक समिक्षा गोष्ठिमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द केसी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतका विभिन्न कार्यालयका प्रमुख, गाउँपालिकाका कृषि तथा पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश बिष्टले गर्नुभएको थियो । 

कार्यक्रमकै अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १५ जना किसानलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । 

रुकुम पश्चिमका १५ जना उत्कृष्ट किसान पुरस्कृत

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्