Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा

शुक्रबार, असार २९, २०८०
tribeni2

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लाका ७३ वटै वडा हुँदै ६ वटै पालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा सम्पन्न पश्चात शुक्रबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिपोपना घोषणा गरिएको हो । 

"स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता : प्रर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ रुकुम पश्चिमलाई सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । 

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक तथा जिल्ला खोप समन्वय समितिका सचिव डा. सुशिल पोखरेलले पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार सबै स्थानीय तहमा १५ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुलाई तोकिएका सबै खोपहरु लगाईसकिएकोले जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रस्ताव गर्नुभएको थियो ।

त्यसका साथै १५ महिनादेखि ५९ महिना उमेरका बालबालिकाहरुमा पूर्ण खोपका लागि खोपको अवस्थाको पहिचान र बिश्लेषण समेत गरिएको उहाँले जानकारी दिनुभयो ।  

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाईजर कृष्णा खड्काले जिल्लालाई पूर्ण खोप सुनिश्चितताका तथा दिगोपना घोषणाका लागि गरिएका तयारी र प्रगतीको बारेमा प्रस्तुती राख्नुभएको थियो । उहाँले घरघुरी सर्वेक्षण, पूर्ण खोप प्रमाणिकरण  र खोप सेवाको दिगोपनाका लागि सरोकारवालाहरुको संलग्नता र स्वामित्वसहितको रणनीति तयार गरिएको जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा जिल्लालाई पूर्ण खोप सूनिश्चिचता तथा दिगोपना घोषणाका लागि महत्वपूर्ण योगदान दिन स्थानीय सरकार र कर्मचारी समेतलाई सम्मान गरिएको थियो । 

361057350_5900158020085180_6507152015212883309_n1689341713.jpg

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालि बहादुर ओलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा आठविसकोट नगरपालिकाका प्रमुख रबि केसी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसी, चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी बिएम, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि तयार गरिएको प्रतिबद्धता पत्रका हस्ताक्षर समेत गरेका छन् ।

रुकुम पश्चिमलाई २०७९ असार ३१ गते नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्