Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तकमा बजार अनुगमन

शनिबार, असार ३०, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा -१० मा रहेको तक बजारमा अनुगमन गरिएको छ । गाउँपालिका अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण समितिले पालिकाको केन्द्र समेत रहेको तक बजारमा शुक्रबार अनुगमन गरेको हो । 

समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा तक बजारमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो । 

तक बजारमा रहेका किराना पसल, होटल , मेडिकल लगायतका व्यवसायको अनुगमन गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । 
उहाँका अनुसार अनुगमनका क्रममा विभिन्न म्याद गुज्रेका सामाग्रीहरु भेटिएका छन् भने दर्ता बिनै विभिन्न व्यवसायहरु सञ्चालन गरिएको पाईएको छ ।

उपाध्यक्ष बुढाले म्याद गुज्रेका सामाग्रीहरु नियन्त्रणमा लिएर नष्ट गरिएको र दर्ता बिनै चलेका व्यवसायहरु सम्बन्धित निकायमा दर्ता गर्न निर्देशन दिईएको बताउनुभयो । 

निर्देशनको अवज्ञा गरेमा कानूनी कारबाहि गरिने, राती १० बजे देखि होटेल खोल्न नहुने, होटलहरुले जुवा तास जस्ता कानुनले बन्देज गरेको कार्य गर्न गराउन निर्देशन समेत दिईएको छ । 

अनुगमन टोलीले व्यवसायको काममा बाल श्रमिक राख्न नहुने, मनोरञ्जनको नाममा अराजकता गर्न नपाइने भन्दै पहिलो पटक सुझाव समेत दिएको छ । 

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बुढा सहित इलाका प्रहरी कार्यालय तकसेरा, पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती, गाउँपालिकाका कर्मचारीहरु, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्