काठमाडौंमा रुकुम राष्ट्रसेवक समन्वय समिति गठन

आइतबार, असार ३१, २०८०

काठमाडौं ।  रुकुम पश्चिम घर भई काठमाडौंमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संगठित भएका छन् । 

शनिबार कर्मचरीहरुको एक भेलाले पुर्ण बहादुर ओलीको संयोजकत्वमा 'काठमाडौं - रुकुम राष्ट्रसेवक समन्वय समिति' गठन गरेको छ । 

१७ सदस्यीय उक्त समितिको सह संयोजकमा नरबिर खड्का र रमिता यादव ओली रहनु भएको छ । 

समितिले काठमाडौंमा कार्यरत रुकुम स्थायी घर भएका कर्मचारीहरु बिच एकता, हक हितका साथै रुकुम पश्चिमको विकासका लागि काम गर्ने बताईएको छ । 

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, ने.क.पा. (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष बिमला के.सी. लगायतको उपस्थितमा उक्त भेला सम्पन्न भएको हो।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्