Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला प्रशासन कार्यालयद्वारा शतप्रतिशत मुद्धा तथा उजुरी फच्र्यौट

आठ हजार बढी नागरिकता जारी, दुई करोड ६५ लाख बढी राजश्व संकलन  
आइतबार, असार ३१, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा रहेको मुद्धा र उजुरीहरु शतप्रतिशत फच्र्यौट भएका छन् । आर्थिक वर्ष ०७९/८० मा कार्यालयमा प्राप्त मुद्धा तथा उजुरीहरु बाँकि नराखेर फच्र्यौट गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले वर्षभरिमा सम्पादन गरेका कामहरुको समिक्षा गर्ने क्रममा पत्रकारहरु माझ उक्त कुराको जानकारी गराईएका हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले कार्यालयमा रहेका ४९ वटा मुद्धा र ११० उजुरीहरु शून्यमा झारिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षबाट सरि आएका २२ वटा, आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका १९ वटा र सवारी ज्यान क्षतिपूर्ति सम्बन्धीका आठ वटा मुद्धा सबै फच्र्यौट गरिएको छ ।

त्यसैगरी कार्यालयमा दर्ता हुन आएका ८३ वटा ठाडो उजुरी, ६ वटा नागरिकता सम्बन्धी उजुरी, अनियमितताजन्य कार्यसँग सम्बन्धीत ६ वटा उजुरी र अख्तियार दुरुपयोग अनुसन्धान तथा अन्य कार्यालयबाट आएका १५ वटा उजुरीहरु फच्र्यौट गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्र लगायतबाट आवश्यक कारबाहिका लागि आएका दुई उजुरी, सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धीका तीन वटा र उपभोक्ता हित विपरित कार्य सम्बन्धीको एक उजुरी शून्यमा झारिएको जनाएको छ । 

समिक्षा गोष्ठिमा सहायक प्रजिअ बढुवालले पाँच हजार १७६ वटा नयाँ नागरिकता र तीन हजार १२३ वटा नागरिकता प्रतिलिपि जारी गरिएको बताउनुभयो । त्यसैगरी यस अािर्थक वर्षमा दुई जनाले नागरिकता त्याग गरेका छन् भने एक वटा नागरिकता रद्ध गरिएको उहाँले बताउनुभयो । २४ वटा नावालक परिचयपत्र जारी गरिएको छ । 

कार्यालयबाट २९ जना द्वन्द्व प्रभावितको लागि ३० लाख ७२ हजार रुपिँया राहत वितरण गरिएको छ भने ९० जना प्रकोप पीडितलाई दुई लाख ७० हजार २९२ रुपिँया राहत उपलब्ध गराईएको छ । प्रशासन कार्यालयबाट तीन जनालाई वैदेशिक रोजगारी सम्बन्धी दुई लाख ९२ हजार ६३४ रुपिँया क्षतिपूर्ति प्रदान गरिएको छ । 

कार्यक्रममा सहायक प्रजिअ बढुवालले हातहतियार सम्बन्धीका कार्यहरु, मादक पदार्थ सेवन सम्बन्धीका कारबाहि, बजार अनुगमन, सूचनाको हकको कार्यान्वयन, राहदानी जारी, विभिन्न सिफारिस तथा प्रमाणित कार्य, विभिन्न निकायहरुको सहकार्यमा भएका अनुगमनका कार्य, छलफल तथा वैठक, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, संघ सस्था दर्ता तथा नविकरणका लागि भए गरेका प्रगतीहरुको विवरण जानकारी गराउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रशासनिक दण्ड जरिवाना, राहदानी दस्तुर, संस्था दर्ता तथा नविकरण लगायकका कार्यबाट दुई करोड ६५ लाख ९८ हजार ३३२ रुपिँया राजश्व संकलन गरेको छ । 

359782924_1310262156582542_7151025449524697994_n1689515822.jpg

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले कार्यालयबाट उल्लेखित नियमित सेवाहरुको अतिरिक्त केहि नव प्रवर्तनीय कार्यहरु पनि भएको बताउनुभयो ।

कार्यालयले नागरिकताको महत्व, नागरिकको कर्तव्य र दायीत्व तथा अधिकारका विषयमा सेवाग्राहिका लागि नागरिक सचेतना अभियान, सेवा लिन आउने जेष्ठ नागरिक तथा बिशेष क्षमता भएका नागरिकहरुको लागि सहायता कक्ष मार्फत सिधै सेवा, कार्यालयको सौन्दर्यीकरण, नागरिक सहायता कक्ष, स्तनपान कक्ष, सेवाग्राहिका लागि तातोचिसो पानीको व्यवस्था, मोबाईल चार्जिङ लगायतका सेवाहरु प्रदान गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी हरेक शुक्रबार कार्यालय परिसर सरसफाई, विकास आयोजनहरुको अनुगमन, विभिन्न सचेतिकरणका कार्यक्रम, सार्वजनिक सरोकारका विषयमा सम्बन्धीत निकायलाई निर्देशन, विपद् व्यवस्थापन, अन्तर जिल्ला सुरक्षा बैठक लगायतका कार्यहरु गरएिको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले नागरिकहरुलाई सहज सेवा र शान्ती तथा सुरक्षाको प्रत्याभूति दिलाउन कार्यालय तत्पर रहेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्