Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घर-घरमा प्रहरीको नम्वर सहितको स्टिकर टाँसिदै

आइतबार, असार ३१, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको “सुरक्षित कर्णाली प्रदेश अभियान” अन्तर्गत आज प्रदेशभर सर्वसाधारणका घरघरमा स्टिकर टाँस अभियान सुरु भएको छ ।

उक्त कार्यक्रम अन्तर्गत आज रुकुम पश्चिममा पनि घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ भएको छ । 
“तपाईको खबर, सबैको सुरक्षा” भन्ने नाराका साथ उक्त अभियान सुरुवात गरिएको हो ।

जिल्लाका ६ वटै स्थानीय तहमा औपचारिक कार्यक्रम आयोजना गरेर आजबाट स्टिकर टाउँ अभियान सुरुवात गरिएको हो । आज जिल्ला प्रहरी कार्यालयमा आयोजना भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अभियानको शुभारम्भ गर्नुभयो ।

शुभारम्भ कार्यक्रममा नगर प्रमुख केसीले प्रहरीको यस अभियानमा स्थानीय सरकारको साथ रहेको बताउनुभयो । साथै प्रहरीले उपलब्ध गराएको फोन नम्वरमा नागरिकले प्रहरीलाई आवश्यक सूचना दिन समेत उहाँले अनुरोध गर्नुभयो । 

जिल्लाका ३८ हजार ४५२ घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँसिने प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार सर्वसाधारणले कुनै शंकास्पद चिजवस्तु वा गतिविधि देखेमा वा थाहा पाएमा प्रहरीलाई फोन गरेर जानकारी दिन सक्नेछन् । त्यसैगरी सुरक्षा सम्बन्धी कुनै समस्या परेमा वा प्रहरीको सहयोग लिनु परेमा घरमा टाँसिएको उक्त स्टिकरमा भएको प्रहरीको नम्वरमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । 

WhatsApp Image 2023-07-16 at 11.33.251689520586.jpg

अपराध न्युनिकरणको उद्धेश्यका साथ यो अभियान सुरुवात भएको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जिल्लाको मुसिकोट नगरपालिकाका ८ हजार ८८०, चौरजहारी नगरपालिकाका ६ हजार ८३७, आठविसकोट नगरपालिकाका ८ हजार ४५७, त्रिवेणी गाउँपालिकाका ४ हजार ६९९, सानीभेरी गाउँपालिकाका ४ हजार ९०४ र बाँफिकोट गाउँपालिकाका ४ हजार ६७५ वटा घरधुरीमा उक्त स्टिकर टाँसिने बताउनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट समेतले आज देखि उक्त स्टिकर टाँस अभियानलाई तिब्रता लिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्