Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट २ को सेवा अब आफ्नै भवनबाट

आइतबार, असार ३१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ नम्वर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ ।

वडा नम्वर २ रातामाटास्थित नवनिर्मित कार्यालय भवनबाट वडा कार्यालयले सेवा दिन थालेको हो । 

आईतबार मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले वडा कार्यालय भवनको उद्घाटन गर्नुभएपछि सोहि भवनबाट सेवा दिन थालिएको वडा अध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो । 

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगर प्रमुख केसीले आफ्नै भवनबाट चुस्त दुरुस्त सेवा प्रवाह हुने विश्वा व्यक्त गर्नुभयो । स्थानीय सरकार अन्तर्गत सबैभन्दा बढी जनतासँग नजिक रहेको वडा सरकार आफ्नै भवनमा सरेपछि जनताले पाउने सेवाको उचाई बढ्नुपर्ने उहाँको भनाई रहेको छ । 

मुसिकोट नगरपालिकाको ३८ लाख रुपिँयाको बजेटमा ठेक्का मार्फत उक्त कार्यालय निर्माण सम्पन्न भएको हो । वडा अध्यक्ष खड्काले यस अघि भाडाको कोठामा सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनमा सरेसँगै सेवा प्रवाहमा सहजता आउने बताउनुभयो । 

कार्यक्रमको अवसरमा वडा कार्यालयको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो । 

भवन उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरोवारवाला निकायका प्रतिनिधिहरु, स्थानीयवासीहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्