Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नदिले बगाएको दाउरा निकाल्न गएकी बालिका नदिमै बेपत्ता

सोमबार, साउन १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ की एक बालिका भेरि नदिमा बेपत्ता भएकीछिन् । 

चौरजहारी नगरपालिका -१ नरखोली टोलकी १० बर्षिया बालिका महिमा बादी सोमबार दिउँसो स्थानीय कुनाबगर भन्ने ठाउँबाट बेपत्ता भएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार उनी आफ्नी १८ वर्षिया दिदि सरिना बादीको साथमा नदिले बगाएर ल्याएको दाउरा तथा काठ निकाल्ने गएकी थिईन् । सोहि क्रममा उनीलाई भेरीले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई रहेको छ । 

बालिकाका बुवा झलक बादीले उक्त सूचना दिए पश्चात ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयवासी र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजीकार्य गरिरहेको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्