Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा ब्लड बैंक सेवा सञ्चालन

पहिलो दिनमा १२ जनाद्वारा रक्तदान
मंगलबार, साउन २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा ब्लड बैंककाे सेवा उद्घाटन गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी चौरजहारी उपशाखाद्वारा चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालको समन्वयमा ब्लड बैंक सेवा सञ्चालन गरिएको हो । चौरजहारी नगरपालिका १ नाखिरास्थित रेडक्रस भवनमा उक्त सेवा सञ्चालन भएको हो । 

सोमबार एक कार्यक्रमका बिच चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले ब्लड बैंकको सेवा उद्घाटन गर्नुभएको हो । ब्लड बैंक उद्घाटन गर्नुहुँदै नगरप्रमुख वादीले रगतको अभावमा बिरामीको ज्यान जाने अवस्था आउन नदिन ब्लड बैंकको सेवा सञ्चालन हुनु खुशिको कुरा भएको बताउनुभयो ।

लामो समयको प्रयासपछि सञ्चालन भएको उक्त सेवाको निरन्तरताको लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

चौरजहारीमा ब्लड बैंक सञ्चालन भएसँगै जाजरकोट,सल्यान र रुकुम पश्चिमका बिरामीहरुको लागि रक्तसेवामा सहज हुने विश्वास लिईएको छ । ब्लड बैंक सञ्चालनमा बिभिन्न व्यक्तिहरुले समेत सहयोग गरेको चौरजहारी रेडक्रसले जानकारी दिएको छ । 

ब्लड बैंक उद्घाटनको दिनमा १२ जनाले रक्तदान गर्नुभएको छ । लामो समयको प्रयासपछि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आएको हो । 

उक्त अवसरमा रेडक्रस भवनका लागि जग्गादान गर्नुहुँने जग्गादाता, रक्तदान गर्नुहुँने रक्तदाता लगायतलाई सम्मान समेत गरिएको थियो । 

रेडक्रस चौरजहारीका सभापति तेजबहादुर बटालाको अध्यक्षतामा भएको ब्लड बैंक उद्घाटन कार्यक्रममा नगर प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली, एमाले नेतृ कौशिला केसी, माओवादी केन्द्रका युवा नेता एलबि कटुवाल, स्थानीय समावसेवी तथा बुद्धिजीविहरु, चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडक्रस चौरजहारीका कोषाध्यक्ष गोपाल लामिछाने गर्नुभएको थियो । 

361620553_297611229338972_136219689006633782_n1689645529.jpg

361654798_1311195392824811_1496389139284915069_n1689645530.jpg

361665333_240233852280348_6122834949461350657_n1689645532.jpg

361662615_287823993903565_8799346285813217585_n1689645533.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्