Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बोल्न नसक्ने महिला अलपत्र अवस्थामा फेला

मंगलबार, साउन २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एक अलपत्र महिलाको उद्धार गरिएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा रहेको प्रहरी चौकीको टोलीले गस्तिको क्रममा बोल्न नसक्ने अलपत्र अवस्थामा रहेकी एक महिलालाई फेला पारेर उद्धार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार असार ३१ गते गस्तिमा गएको प्रहरी टोलीले निज महिलालाई फेला पारेको हो । 

प्रहरीले जिवाङ भन्ने ठाउँबाट महिलाको उद्धार गरेको हो । ती महिला अन्दाजी ३२ – ३५ वर्ष उमेरको रहेको बताईएको छ । 

अहिले ती महिलालाई मुसिकोटमा रहेको सेफ हाउसमा ल्याईएको छ । बोल्न नसक्ने ती महिलाको हालसम्म परिचय खुलाउन नसकिएको प्रहरीको भनाई रहेको छ । 

प्रहरीले ती महिलालाई चिन्ने जो कोहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सम्पर्क नम्वर ९८५७८७००५५ मा सम्पर्क गरिदिन अथावा उहाँका अभिभावकसँग जानकारी गराईदिन अनुरोध गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्