Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा

बुधबार, साउन ३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका पत्रकाहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आबद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको हो । 

महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले दिनुभएको जानकारी अनुसार ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डस्तरमा खटिने पत्रकारहरुको बिमा गरिएको अध्यक्ष केसीले जनाउनुभयो । बिमाका लागि पत्रकारहरुले कुनै शुल्क तिर्नु भने परेको छैन । 

उहाँका अनुसार मुसीकोट नगरपालिकाको सहयोगमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५४ जना पत्रकारहरुको ५४ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । एकमुष्ठ रुपमा पत्रकारहरुको दुर्घटना बिमा गरिएको हो । 

यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकाहरुलाई कामको लागि थप प्रोत्साहन हुने विश्वास लिईएको शाखा अध्यक्ष केसीको भनाई रहेको छ । नयाँलाई आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको हो । शाखाले नयाँ पत्रकार उत्पादन र क्रियाशिल पत्रकारहरुको क्षमता विकासका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारिता पेशामा आकर्षण बढाउन र पेशामा टिकाई राख्न महासंघसँगको सहकार्य अनुसार दुर्घटना बिमाको लागि सहयोग गरिएको बताउनुभयो । उहाँले मिडियाहरुले स्थानीय सरकारका राम्रा पक्षहरुको सकारात्मक प्रचार र सुधार्नुपर्ने पक्षहरुको निरन्तर खबरदारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जनतालाई सहि सूचना दिन अहोरात्र खटिने पत्रकारहरुको क्षमता विकास र पेशाप्रतिको दिगोपनाका लागि स्थानीय सरकार सधै तयार रहेको नगर प्रमुख केसीको भनाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्