Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पूर्तिमकाँडा प्रहरी : विपद् व्यवस्थापनमा सचेतना फैलाउँदै, सार्वजनिकस्थल सरसफाई गर्दै

बुधबार, साउन ३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा रहेको प्रहरी चौकी पूर्तिमकाँडाले विपद् व्यवस्थापनका लागि सर्वसाधारणहरु माझ सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

बर्षा लागेसँगे बढेको भेरी नदिले निम्त्याउन सक्ने खतरा, बाढी पहिरोले हुने क्षति लगायतका बिषयमा सर्वसाधारणहरुलाई सचेत बनाउने कार्यक्रमहरु चौकीले नियमित गरिरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले विभिन्न गतिविधिहरु गरिरहेको हो । चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गंगाबहादुर बिरकट्टा मगरको नेतृत्वमा विपद् व्यवस्थापनका गतिविधिहरु भईरहेका हुन् । 

मंगलबार प्रहरीले चाईनाबरगस्थित भेरी नदिको छेउमा रहेका स्थानीयहरुलाई नदिको तह बढीरहेकोले नदिछेउमा लापरबाहिपूर्ण ढंगले जाँदा हुन सक्ने हानी बारेमा सचेत बनाएको थियो । यस स्थानमा बढिरहेको भेरीको भलसँगै आएका काठ तथा दाउरा निकाल्नको लागि स्थानीयहरु जाने गरेका छन ।

यस कार्यले हुनसक्ने हानी नियन्त्रणका लागि प्रहरीले सर्वसाधारणहरुलाई सचेत गराएको हो । उक्त सचेतना कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर पुन लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी बुधबार प्रहरीको नेतृत्वमा चाईनाबगरमा रहेका सार्वजनिक धाराहरुको सरसफाई गरिएको छ । सर्वसाधारणहरुले खानेपानीका लागि प्रयोग गर्दै आएका धाराहरु सफा सुग्घर राख्न धारा सरसफाई अभियान थालिएको बताईएको छ । 

प्रहरी चौकीले वडा कार्यालय र स्थानीय बजार व्यवस्थापन समितिसँगको सहकार्यमा विभिन्न सामाजिक कार्य गरिरहेको चाईनाबगर बजार व्यवस्थापन समितिका अध्यक्ष यमकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीेले बजार सरसफाईको लागि समेत बेला बेलामा सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्