Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राडी ज्युला क्याम्पसमा 'फजुल खर्च घटाऔं, पुस्तकालय बनाऔं' अभियान

शुक्रबार, साउन ५, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरपालिका ९ स्थित राडी ज्युला शिक्षा क्याम्पसले "फजुल खर्च घटाऔं,  क्याम्पसमा पुस्तकालय बनाऔ" अभियानमा सुरू गरेको छ  । 

बिहिबार भएको क्याम्पस प्रशासन, संचालक समिति, स्ववियु पदाधिकारी र विद्यार्थीहरूको छलफलले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्ववियु सभापति दिपक केसीका अनुसार आफ्नो  जन्मदिनको खर्चलाई कटौती गरेर सोही पैसाबाट क्याम्पसको पुस्तकालयका लागि पुस्तक खरिद गर्ने निर्णय गरिएको भएको छ । 

राडिज्यूला शिक्षा क्याम्पस आठबिसकोटमा क्याम्पसमा अध्ययन गर्नुहुने विद्यार्थी लगाएत अन्य ब्यक्तित्वहरुबाट पुस्तकालय स्थापनाको लागि स्वतस्फूर्तरुपमा आर्थिक सहयोग संकलन अभियान सुरु गरेको क्याम्पस संचालन समिती अध्यक्ष मणिराज बटालाले बताउनुभयो ।

उहाँका अनुसार यस कार्यले क्याम्पसको समग्र विकासको लागि थप टेवा पुग्ने छ  । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौटी गरेर पुस्तकालय स्थापनामा सहयोग गर्दा शुभ दिनको अवसरमा थप पुण्यकार्य हुने अध्यक्ष बटालाले उल्लेख गर्नुभयो । 

अभियान सुरुवातको पहिलो दिन बिद्यार्थी र अन्य व्यक्तिहरुबाट जन्मदिनको अवसरमा सहयोग संकलन भएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्