Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको रानीकोटमा अवरुद्ध मध्यपहाडी राजमार्ग सुचारु

शुक्रबार, साउन ५, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ रानीकोटमा अवरुद्ध भएको बाटो सुचारु भएको छ । 

अविरल वर्षातको कारण अवरुद्ध मध्यपहाडी राजमार्ग अन्तर्गतको उक्त सडक स्थानीय प्रशासनको पहलकदमीको कारण सुचारु भएको हो । 

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले रानीकोटमा आएको पहिरोको कारण अवरुद्ध भएको बाटो सुचारु भएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मी र स्थानीयवासी समेतको सहयोगमा उक्त पहिरो हटाईएपछि बाटो सुचारु भएको हो ।

उक्त सडक खण्डमा शुक्रबार बिहान पहिरो आउँदा अवरुद्ध भएको थियो । बाटो खुलेपछि रुकुम पूर्व र रुकुम पश्चिम आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्