Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ४१ औँ बीपी स्मृति दिवस मनाईयो

शनिबार, साउन ६, २०८०
tribeni2

रुकुम पश्चिम । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस मनाईएको छ । 

आज मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने क्रममा रुकुम पश्चिममा पनि बिपीको सालिकमा माल्यार्पणसँगै बिपीको योगदानको चर्चा गरेर दिवस मनाईएको हो । 

नेपाली काँग्रेस रुकुम पश्चिममा जिल्ला सचिव परमेश्वर भण्डारीका अनुसार दिवसको अवसरमा शनिबार बिहान मुसिकोट नगरपालिका १ खलंगामा रहेको बिपीको सालिकमा माल्यार्पण गरिएको छ । 

उक्त अवसरमा बिपीको राजनैतिक, साहित्यीक तथा सामाजिक जीवनको बारेमा चर्चा समेत गरिएको सचिव भण्डारीले बताउनुभयो ।

बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकाय, प्रदेश समिति सदस्य सीता ओली, जिल्ला पार्टी उपसभापति हर्कसिं खत्री, निर्वाचन क्षेत्र नम्वर १ का सभापति एवम् मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 

362295829_776501927546853_5995192882174319023_n1689999302.jpg

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।  कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । 
 
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्