Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : मलामी गएका एक व्यक्ति सानीभेरीमा बेपत्ता

आइतबार, साउन ७, २०८०
tribeni2

आईतबार रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदिमा बेपत्ता भएका छन् । 

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ बर्षिय छबिलाल पुन नदिमा बेपत्ता हुनुभएको हो । 

आज दिउसो १ बजे आफ्नै फुपाजुको मलामी गएका उहाँ दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदिमा चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । 

सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेस्थित सानीभेरी नदिको किनारबाट चिप्लिएर उहाँ भेरीनदिमा बेपत्ता हुनुभएको हो ।  

बेपत्ता पुनलाई लगत्तै खोजी गर्दा पनि नभेटिएको बताईएको छ । अहिले पनि खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्