Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १० मा घाँस काट्न गएकी बालिकाको मृत्यु

सोमबार, साउन ८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१० की एक बालिकाको भिरबाट खसेर ज्यान गएको छ । 

वडा नम्वर १० चुन गाउँकी बिमला खड्का रावतकी १२ वर्षिया छोरी सिर्जना रावतको स्थानीय सेलाजुखोला जंगलमा रहेको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार सोमबार बिहान घाँस काट्न सेलाजुखोलास्थित जंगलमा गएकी बालिकाको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । 

मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्