Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामाजिक कार्यमा अग्रसर 'प्रहरी श्रीमती संघ'

सोमबार, साउन ८, २०८०
tribeni2

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले पछिल्लो समय विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाएको छ ।

संघले कर्णालीमा निशुल्क स्वास्थ्य शिविर, अन्तरक्रिया, सरसफाई, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । 

नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले सोमबार नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत विद्यार्थीहरूलाई  शैक्षिक सामाग्रीहरु वितरण गरेको जानकारी दिनुभयो । पुलिस स्कुलमा अध्यनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई एक समारोहबीच शैक्षिक सामाग्री वितरण गरिएको हो । 

शैक्षिक सामग्री वितरणले बालबालिकाहरूलाई प्रोत्साहन मिल्ने र पढाईमा थप रुचि बढ्ने विश्वास लिईएको अध्यक्ष ढकालले बताउनुभयो ।

362639571_660655236098425_6350759713306067787_n1690213656.jpg

संघले यसअघि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको थियो । उक्त शिविरमा स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नि, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएको थियो । उक्त शिविरमा ७९६ जना  स्थानीय नागरिकले सेवा प्राप्त गरेका छन् । 

त्यसैगरी गत आइतबार श्रीमती संघद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम समेत गरिएको थियो ।

अध्यक्ष ढकालले सुर्खेत जिल्लामा रहेका अमर, पूर्व एवं बहालवाला प्रहरी परिवारसंग अन्तरक्रिया समेत गरिएको बताउनुभयो । कार्यक्रममा प्रहरी परिवारको उत्थान एवम् वृत्ती विकासका लागि आय आर्जनमूलक सीपयुक्त तालिम संचालन गर्ने, व्यवसायउन्मुख सहुलियत ऋण तथा शैक्षिक छात्रवृत्ती प्रदान गर्ने र भावि योजनाहरूको सम्बन्धमा अन्तरक्रिया तथा छलफल गरिएको बताईएको छ । 

आगामी दिनहरुमा कर्णाली प्रदेशभित्र महिला सशक्तिकरण लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको संघले जनाएको छ । 

361213035_590628526587665_9112511852025552644_n1690213641.jpg

362015174_590630973254087_8614667455111776076_n1690213640.jpg

362686332_661053319391950_953506441611309339_n1690213669.jpg

362937502_661216729375609_2243007931344028229_n1690213668.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्