Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ढाका बुनाईबाट आयआर्जन हुने आशा

घोरखानीमा उत्पादन हुने ढाकाका कपडा स्थानीय सरकारले बजारीकरण गरिदिने !
मंगलबार, साउन ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ८ घोरखानीका महिलाहरुले ढाका बुनाईलाई व्यवसायीक रुपमा सञ्चालन गरेर आय आर्जनको श्रोत बनाउने बताएका छन् । 

सोमबार घोरखानीमा भएको तीन महिने ढाका बुनाई तालिमको समापनको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

तालिममा सहभागी स्थानीय सिर्जना रोकाले तीन महिनासम्म तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्ने र ढाका बुनाईलाई व्यवसायीक रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले गाउँमा घरधन्दामा सिमित महिलाहरुलाई सीपमुलक तालिम दिएर आयआर्जनमा जोड्न तालिम सफल हुने समेत उल्लेख गर्नुभयो । 

समापनकै अवसरमा तालिममा सहभागी स्थानीय सुधा बस्नेत ओलीले अब गाउँमै ढाका उद्योग खोल्ने र व्यवसायीक रुपमा ढाका विभिन्न कपडाहरु उत्पादन गर्ने बताउनुभयो । उहाँले गाउँमा उत्पादन भएका ढाका कपडाहरु बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गरिदिनुपर्ने समेत उल्लेख गर्नुभयो । 

महिला पुनर्स्थापना केन्द्र (ओरेक, मुसिकोट नगरपालिका र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रा (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ जना महिलाहरुले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामाग्री उत्पादन गर्न सिकेका छन् । 

उक्त तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले महिलाहरुको आत्मनिर्भरताको लागि सीपमुलक कार्यमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय र आग्र्यानिक उत्पादनका लागि सरकारले साथ दिने बताउनुहुँदै तालिमको सीपलाई व्यवहारीक रुपमा निरन्तर अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष जय बहादुर थापाले ढाका बुनाईलाई उद्योगका रुपमा विकास गर्न वडा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँमा उत्पादन गरिएका ढाका बुनाईहरुलाई बजार अभाव हुन नदिने बताउनुहुँदै निरन्तर उत्पादनका काममा लाग्न अनुरोध गर्नुभयो । 

ओरेकका जिल्ला संयोजक दिपा धितालले ग्रामिण क्षेत्रका महिलाहरुलाई सीप र क्षमता प्रदान गरेर आर्थिक रुपले सक्षम बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सहभागि ११ जना महिलाहरुलाई ढाका बुनाईसँगै महिला अधिकार, घरेलु हिंसा, बाल विवाह र यसको असर लगायतका विषयमा जानकारी समेत दिईएको धितालले उल्लेख गर्नुभयो । 

वडा अध्यक्ष जय बहादुर थापाको अध्यक्षमा भएको तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्ल, वडा नम्वर ३ का वडा अध्यक्ष दशरथ केसी, वडा नम्वर १३ का वडा अध्यक्ष खलबहादुर खड्का, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । 

362493437_673321031481573_501662124735264072_n1690258069.jpg

362502655_1269256790547692_5061769396542455518_n1690258068.jpg

362502643_999752154501750_4904473106893714524_n1690257808.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्