Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकी एक बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुई जना पक्राउ

मंगलबार, साउन ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको चौरजहारी नगरपालिकाकी एक १२ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ११ का दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका आरोपीहरु एक जना १३ वर्षको र एक जना १४ वर्षको रहेका छन् । प्रहरीले कानूनी विवादमा परेका दुवै जनालाई बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार गत असार २७ गते जंगलमा दाउरा लिन गएकी बालिकालाई भेरी नदिमा पौडि खेल्न जाजरकोटबाट समुहमा आएकाहरुले जबरजस्ती करणी गरेको भनेर असार ३१ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा किटानी जाहेरी परेको थियो । सोहि जाहेरीको आधारमा प्रहरीले जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरेर साउन ५ गते दुबै बालकलाई नियन्त्रणमा लिएको हो । 

पीडित बालिकाका आफन्तहरुले दुई जना बालकको मात्र पहिचान भएकोेले उनीहरुको नाममा किटानी जाहेरी दिएतापनि अरु पनि घटनामा संलग्न रहेको बताएका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्