Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुस्तकमा महिलालाई अपमानित गरिएको भन्दै लेखकलाई निलम्बन र कारबाहिको माग 

मंगलबार, साउन ९, २०८०
tribeni2

रुकुम पश्चिम । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे अपमानित तथा आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएको भन्दै रुकुम पश्चिमका अधिकारकर्मीहरुले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।

मंगलबार अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

वन सेवाका सहायक संरक्षण अधिकृत राम एकवाल दासद्वारा लिखित "नेपाल वन सेवा दिग्दर्शन, गेमस्काउट, वनरक्षक, सफलताको साथी" पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि चौतर्फी आलोचना भएको छ । सामाजिक संजालमा विरोधका साथै अधिकारकर्मीहरुले पुस्तकका लेखक र प्रकाशक विद्या विकास पब्लिकेसन्सविरुद्ध कानुनी उपचारका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । 

ध्यानाकर्षण पत्रमा पुस्तक मार्फत पाठक वर्गमा गलत सन्देश दिने, महिलाको चरित्रहत्या गर्ने, महिला अस्मिताको खिल्ली उडाउने प्रश्नोत्तर राखिएको आपत्ति जनाउँदै खेद प्रकट गरिएको छ ।

अधिकारकर्मीहरूले पुस्तक प्रतिबन्ध लगाई लेखक र प्रकाशकलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । यसका साथै लेखकलाई पदबाट निलम्बन गरेर सार्वजनिक रुपमा माफि माग्न लगाउँदै आम महिलाहरुको आत्म सम्मानमा लागेको चोटलाई सम्बोधन गर्न माग गरिएको छ । 

पुस्तकको सेट २४, जेन नम्वर १४३ को १८ नम्बर प्रश्नमा महिलाबारे आपत्तिजनक कुरा सोधिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, गैर सरकारी सस्था महासंघ, नेपाल बार यशोसियसन, नेपाल पत्रकार महासंघ, ओरेक नेपाल, अन्तरपार्टि महिला सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, हरप्लेस नेपाल, इन्सेक, टिपियो नेपाल लगायतका दर्जन बढी अधिकारवादी संघ सस्थाका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

WhatsApp Image 2023-07-25 at 14.35.521690284838.jpg

WhatsApp Image 2023-07-25 at 14.35.531690284840.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्