Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल (क्रान्तिकारी) मुसिकाेटद्वारा वृक्षारोपण

मंगलबार, साउन ९, २०८०
tribeni2

रुकुम पश्चिम । अखिल (क्रान्तिकारी) मुसिकोट नगर कमिटीद्वारा नगरका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । 

मंगलबार अखिल (क्रान्तिकारी) मुसिकोट नगर कमिटीको अगुवाईमा मुसीकोट खलंगा बहुमुखी क्याम्पस, जिल्ला अस्पताल सल्ले, यमुनानन्द नमूना मावि सेरिगाँउ र सरस्वती मावि सल्ले लगायतका स्थानहरूमा वृक्षारोपण गरिएको हो । 

नगर कमिटिका अध्यक्ष दुर्गा प्रसाद बिश्वकर्माका अनुसार एकै दिन ८ प्रजातिका १६८ वटा विरुवा रोपिएको हो । हरियाली वातावरण र सौन्दर्यकरणको लागि नगर कमिटीले वृक्षारोपन कार्यक्रम अगाडि सारेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तथा क्याम्पस र अस्पताल परिसरमा पारिजात, कल्कि, कपोक, कपूर, गोल मोहर, सयपत्री र गुलाप प्रजातिका बिरुवा रोपिएको छ।

वृक्षारोपण  कार्यक्रममा अखिल (क्रान्तिकारी_ मुसिकोट नगर समिति पदाधिकारी तथा सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो।

जिल्ला डिभिजन वन कार्यालय,रुकुम पश्चिम, डिभिजन वन कार्यालय जाजरकोट, नर्सरी उत्पादन केन्द्र त्रिवेणी, मुसीकोट खलंगा बहुमुखी क्याम्पस परिवार तथा स्ववियु समिति  लगायतको सहकार्य तथा सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्