Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्याम्पसमा आउने छात्राहरुलाई सेनेटरी प्याड वितरण

बुधबार, साउन १०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस प्रशासनकाे सहयाेगमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरिदिएको हो । स्ववियु सभापति रमेश लामिछानेका अनुसार बुधबार क्याम्पसमा आएका १७ जना छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराईको छ । 

स्ववियुले क्याम्पस प्रशासन समक्ष राखेको माग अनुसार सामाग्री व्यबस्थापन गरेपछि छात्राहरुलाई प्याड वितरण गरिएको सभापति लामिछानेले बताउनुभयो । 

क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले क्याम्पसमा नियमित आउने सबै छात्राहरुलाई आवशयकताको आधारमा प्याड उपलब्ध गराईने बताउनुभयो । उहाँका अनुसार महिनावारीको समयमा क्याम्पसमा अध्ययनको लागि आउने छात्राहरुलाई यस कार्यले सहज हुनेछ ।

क्याम्पस प्रमुख गौतमले महिनावारीको समयमा छात्राहरु क्याम्पसमा आउन असहज मान्ने समस्यालाई समाधान गर्न र नियमित कक्षामा आउन सेनेटरी प्याडको ब्यवस्था गरिएको हो । 

सेनेटरी प्याड प्राप्त गरेपछि छात्राहरुले महिनावारीको समयमा हुने समस्यालाई क्याम्पसले मध्यनजर गरिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस कार्यले महिनावारीको समयमा पनि नियमित क्याम्पसमा आउन सहज हुने जनाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्