Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा रुकुम प्रशासनको ध्यानाकर्षण

बुधबार, साउन १०, २०८०
tribeni2

रुकुम पश्चिम । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुकुमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ । 

बुधबार पार्टीले तीन बुँदे माग सहितको ज्ञापनपत्र पत्र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त समक्ष बुझाएको हो । 

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्य घट्दापनि ढुवानी तथा  यातायातका साधनको भाडादर पुरानै रहेकोले भाडादर तुरुन्त घटाउन माग गरिएको छ । त्यसैगरी दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि नियन्त्रण गर्न र वर्षाको कारण अवरुद्ध हुने ग्रामिण सडकहरु निरन्तर संचालनको लागि पहल गर्न माग राखिएको छ । 

पार्टीका जिल्ला संयोजक हिरामणी रावल (मञ्जित) र ईन्चार्ज शेरबहादुर खड्का (गति) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा तीन बुँदे माग तत्काल सम्बोधनका लागि अनुरोध गरिएको छ । 

पार्टीका ईन्चार्ज शेरबहादुर खड्का (गति) ले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति रुकुमको एकता अधिवेशन पश्चात बसेको पहिलो बैठकको निर्णय अनुसार ज्ञापनपत्र बुझाईएको बताउनुभयो ।

उहाँले पहिलो बैठकबाट रुकुमेली जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधानका लागि पहल गर्ने निर्णय भए बमोजिम जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराईएको उल्लेख गर्नुभयो । बैठक मंगलबार सम्पन्न भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्