Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रुकुम जिल्ला अदालत

रुकुम अदालतद्वारा ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट

बुधबार, साउन १०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० को लगतमा जम्मा भएका मुद्धा मध्य ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट भएको जनाएको छ । 

अदालतका निमित्त श्रेष्तेदार लक्ष्मण बिकका अनुसार जम्मा ६०३ वटा मुद्धा मध्य ४३७ वटा मुद्धा फछ्र्यौट भएका हुन् । जसमध्य ३०२ वटा देवानी र १३५ वटा फौजदारी मुद्धा फैसला भएका हुन् । त्यसैगरी दुई वटा पुनरावेदन अन्तर्गतका मुद्धा पनि फैसला भएका छन् । 

९९ वटा देवानी र ६७ वटा फौजदारी गरेर १६६ वटा मुद्धा भने फैसला हुन बाँकि रहेका छन् । यी मुद्धा चालु वर्षमा जिम्मेवारी सरेर आएका छन् । जम्मा ६०३ वटा मुद्धा आएकोमा ४०१ वटा देवानी, २०२ मुद्धा फौजदारी रहेका छन् । दुई वटा मुद्धा भने पुनरावेदन तर्फका छन् ।

रुकुम जिल्ला अदालतमा जम्मा भएका कुल मुद्धा मध्य २३० वटा मुद्धा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्ष लगत सरिआएमा मुद्धा मध्य १३६ वटा देवानी, ९४ वटा फौजदारी र  दुई वटा पुनरावेदन तर्फका मुद्धा रहेका छन् । यस वर्ष भने अदालतमा २६५ देवानी र १०८ वटा फौजदारी तर्फका मुद्धा दर्ता भएको निमित्त श्रेष्तेदार बिकले उल्लेख गर्नुभयो । 

अदालतको अभिलेखमा रहेका २७३ वटा सम्बन्ध बिच्छेदका मुद्धा मध्य दुई सय वटा फैसला भएका छन् भने ७३ वटो फैसला हुन बाँकि रहेका छन् । निमित्त श्रेष्तेदार बिकका अनुसार गत आर्थिक वर्षमा पारिवारीक विवादका मात्र ३२४, सम्पत्ति सम्बन्धीका ७७ मुद्धा दर्ता भएका थिए । जसमध्य २४१ वटा पारिवारीक विवाद र ६० वटा मात्र सम्पत्ति सम्बन्धीका मुद्धा फैसला भएका छन् ।

अदालतमा जबरजस्ती करणीका २६ वटा, हाडनाता करणीका दुई वटा, जबरजस्ती करणी उद्योगका आठ वटा र बाल यौन दुरुपयोगका एक वटा गरेर ३७ वटा मुद्धा दर्ता भएका थिए । जसमध्य २४ वटा मुद्धा फैसला भैसकेका छन् । अदालतमा ३१ वटा चेक अनादरको मुद्धा दर्ता भएकोमा २१ वटा फैसला भएका छन् । 

चुनावको समयको कारण सबै खालका मुद्धा फैसलामा केहि ढिलाई भएको अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ रुकुम अदालतले जम्मा ६५.३० प्रतिशत मुद्धा फछ्र्यौट गरेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्