Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रुकुम जिल्ला अदालत

रुकुममा बढ्दै सम्बन्ध बिच्छेदका मुद्धा

फैसला भएका मध्य ४५.७७ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदकै
बिहीबार, साउन ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धाहरु बढी मात्रामा आउने गरेका छन् । आर्थिक वर्ष ०७९/०८० मा अदालतको लगतमा जम्मा भएका मुद्धाहरु हेर्दा दर्ता हुने र फैसला हुनेमा सम्बन्ध बिच्छेदका मुद्धाहरु बढी रहेका छन् । 

अदालतका अनुसार गत आर्थिक वर्ष ०७९/०८० मा फैसला भएका मुद्धा मध्य ४५.७७ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन् । निमित्त श्रेष्तेदार लक्ष्मण बिकले गत आवमा अदालतबाट ४३७ मुद्धा फैसला भएका मध्य दुई सय वटा मुद्धा सम्बन्ध बिच्छेका रहेको बताउनुभयो ।

उहाँले अदालतमा रहेका जम्मा मुद्धा मध्य ४५.२७ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदकै रहेको जनाउनुभयो । जम्मा ६०३ वटा मुद्धा आएकोमा २७३ वटा सम्बन्ध बिच्छेदका रहेका छन् । कुल मुद्धा मध्य ४०१ वटा देवानी, २०२ मुद्धा फौजदारी रहेका छन् । दुई वटा मुद्धा भने पुनरावेदन तर्फका छन् ।

रुकुम जिल्ला अदालतमा जम्मा भएका कुल मुद्धा मध्य २३० वटा मुद्धा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्ष लगत सरिआएमा मुद्धा मध्य १३६ वटा देवानी, ९४ वटा फौजदारी र  दुई वटा पुनरावेदन तर्फका मुद्धा रहेका छन् । यस वर्ष भने अदालतमा २६५ देवानी र १०८ वटा फौजदारी तर्फका मुद्धा दर्ता भएको बिकले उल्लेख गर्नुभयो । 

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा अदालतमा पनि ४३.८८ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदका दर्ता भएका थिए । 

सम्बन्धित समाचार ........

रुकुम अदालतद्वारा ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्