Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा प्रतिकलाई धारिलाे हतियार प्रहार गरेर फरार रहेका मदन पक्राउ

बिहीबार, साउन ११, २०८०
tribeni2

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका एक युवालाई पक्राउ गरेको छ । 

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्वर ६ आला निवासी २६ वर्षिय मदन मल्ललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार मल्ललाई साउन ९ गते पक्राउ गरिएको हो ।

उहाँलाई कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्वर १४ को चाउथे खसिबजारमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मल्ल बिरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता भएपश्चात फरार रहेका थिए । मल्लले सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने २० वर्षिय प्रतिक थापालाई २०७६ साल असोज २८ गते राती हतियार प्रहार गरेर घाईते बनाएको प्रहरीको भनाई रहेको छ ।

सोहि बेला देखि मल्ल फरार रहेकोमा खोजी कार्य गर्ने क्रममा करिब तीन वर्ष १० महिनापछि पक्राउ गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्