Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'जेठो बिद्यालय'मा प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक चयन

त्रिजमाविको प्रधानाध्यापकमा गोपीराम केसी नियुक्त
शुक्रबार, साउन १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयले पहिलो पटक प्रतिस्पर्धामार्फत प्रधानाध्यापक चयन गरेको छ ।  जिल्लाकै जेठो विद्यालयका रुपमा परिचित त्रिजमाविको प्राधानाध्यपकमा सोहि बिद्यालयमा कार्यरत शिक्षक गोपीराम केसी चयन हुनुभएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीका अनुसार असार ६ गते बसेको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार प्रतिश्पर्धा गराएर रिक्त रहेको प्रधानाध्यापकको पदपूर्ति गरिएको हो ।

त्यसका लागि विद्यालयले विकास प्रस्ताव सहित प्रधानाध्यापकको लागि आवेदन माग गरेको थियो । प्रधानाध्यापकका लागि  बिद्यालयमा कार्यरत दुई जना शिक्षकहरुले आवेदन दिनुभएको बिद्यालयले जनाएको छ । 

साउन ४ गते प्रधानाध्यापक छनौट समिति गठन गरेर प्रक्रिया थालेपछि र ६ गते सम्पूर्ण प्रक्रिया पुरा गरेर छनौट समितिले बिद्यालय व्यवस्थापन समितिमा अनुमोदनका लागि पठाएको थियो । बिद्यालय व्यवस्थापन समितिले प्रतिश्पर्धामार्फत प्रधानाध्यापकमा छनौट हुनुभएका गोपिराम केसीलाई नियुक्तिका लागि साउन ७ गते मुसिकोट नगरपालिकामा सिफारिस गरेको थियो ।

सोहि सिफारिसको आधारमा नगर शिक्षा समितिको निर्णयको आधारमा सोहि बिद्यालयमा माध्यमिक तह द्धितिय श्रेणीमा कार्यरत शिक्षक गोपीराम केसीलाई साउन १० गते नियुक्ति दिएको हो । 

संघीय शिक्षा नियामावली, २०५९ र मुसिकोट नगरपालिका शिक्षा नियामावली, २०७४ बमोजिम बिद्यालयमा कार्यरत शिक्षक मध्यबाट प्रतिस्पर्धा गराएर प्रधानाध्यापक छनौट गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीका अनुसार प्रधानाध्यापकमा नियुक्त केसी अब्बल, क्षमतावान र ईमानदार शिक्षक हुनुहुन्छ । उहाँको प्रशासनिक नेतृत्व सफल, अब्बल र परिणाममुखी हुने विश्वास लिईएको उहाँले जनाउनुभयो । 

केसी विगत ३० वर्षदखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ भने २३ वर्षदेखि त्रिवमाविमै कार्यरत हुनुहुन्छ । 

363763178_1477942716377911_6708411042124002051_n1690544757.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्