Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुडानमा शान्ति सैनिकमा खटिएका जाजरकोटका युवाको मृत्यु

शनिबार, साउन १३, २०८०
tribeni2

जाजरकोट घर भई हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा रहेका एक नेपाली सेनाको मृत्यु भएको छ ।

सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको मृत्यु भएको हो । बाँठाका परिवारका सदस्यहरुले जनाए अनुसार साउन ११ गते उहाँको मृत्यु भएको खबर नेपाली सेनाको जंङ्गी अड्‍डाले दिएको छ ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ३ स्याला निवासी करिब ३८ वर्षिय अमल्दार बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनाईएको छ ।

मृतक बाँठाको निजको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया पश्चात नेपाल ल्याउने क्रममा रहेको आफन्तजनहरुले बताएका छन् ।

गत वर्षको भदौ दोश्रो साता सुडान जानु भएका उहाँ आउँदो भदौ दोश्रो साता नै नेपाल फर्कने कार्यक्रम रहेको थियो । मृतक बाँठाको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्