Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडि सडक अन्तर्गत रुकुम पूर्वको काँडाबगरमा सडक अवरुद्ध

शनिबार, साउन १३, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्लाको रुकुमकोट–खाबाङ सडकखण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका वडा नम्बर ४ स्थित काँडा बगरमा ठुलो पहिरो झर्दा गएराती देखी सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।

लगातारको वर्षाका कारण सडक भन्दा माथीबाट ठुलो पहिरो झरी ठुला ठुला ढुङ्गा सडकमा रोकिएको हुदा सवारी आवतजावत ठप्प भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैबाट पहिरो पन्छाउने काम भैरहेको भएपनि ठूलो मात्रामा पहिरो झरेका कारण अबरुद्ध सडक खुलाउन सकिएको छैन । ढुङ्गा फुटाउनको लागि निर्माण व्यवसायिसँग समन्वय गरेर ब्रेकर लगाइएको छ ।

गए राती देखिको पहिराको कारण बिहानैदेखी सडक अवरुद्ध हुँदासवारी साधन अलपत्र परेका छन् । काठमाडौं, पोखरा, दाङ, रोल्पाबाट जिल्ला भित्रिएका र रुकुम पश्चिम, रुकुमकोटबाट काठमाडौं, पोखरातर्फ जादै गरेका सबै गाडी पहिरोको वारिपारि रोकिएका छन ।

यसका साथै आज सार्वजनिक बिदा (शनीवार) को दिन घुम्न गएकाहरु पनि पहिरोका कारण वारपार गर्न नसकिएको सिस्ने ६ का सरोज गौतमले बताउनु भयो । बिहान ७ बजेतिर घुम्न भनि निस्किएको तर अहिलेसम्म बाटो नखुल्दा समस्या भएको उहाँले बताउनुभयो ।

 हिजो शुक्रबार पनि बिहानैदेखी उक्त सडक खण्ड अबरुद्ध भएको थियो । केही घण्टा अवरुद्ध पछि सडक सूचारु भएता पनि आज पुनः पहिरो झरेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्