Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको दुलिङ्गा छहरे खोलामा श्रमदानबाट काठे पुल निर्माण

आइतबार, साउन १४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ७ स्थित दुलिङ्गा छहरे खोलामा काठे पुल निर्माण गरिएको छ । 

बर्षालागेसँगै बढेको खोलाको कारण आवजावतमा समस्या भएपछि खोलामा काठेपुल बनाईएको हो । वडा कार्यालयको अगुवाई तथा स्थानीयवासीको श्रमदानबाट काठे पुल बनाईएको हो । 

वडा अध्यक्ष नरबहादुर खत्रीले खोलाबढेसँगै आवतजावतमा बढेको जोखिमलाई मध्यनजर गरेर खोलामा काठे पुल बनाईएको बताउनुभयो । स्थानीयवासहिरुको सक्रियता र श्रमदानबाट १ मिटर लम्बाई रहेको काठेपुल बनाईएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खत्रीले काठे पुन निर्माण पश्चात स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्न जाने बालबालिकालाई सजिलो भएको जनाउनुभयो । यसका साथै स्थानीय दुलिङ्गा, डाँरागाउँ, दोबाटो चोक, नदसवाबाट आउजाउको लागि उक्त पुलले सहज हुने बताईएको छ । 

स्थानीय कर्णबहादुर अधिकारीले देखिदा सानो भएतापनि उक्त स्थानमा बनाईएको काठेपुलले स्थानीयलाई ठुलो राहत दिएको बताउनुभयो । आफ्ना बालबालिकाहरु खोलाको डरले विद्यालय जान नै डराउने अवस्था भएको बेलामा काठेपुलले सहज बनाएको उहाँको भनाई छ ।

केहिदिन अघि उक्त खोलामा एकजना बच्चा बग्दा स्थानीयले तत्काल उद्धार गरेको स्मरण गर्नुहुँदै अधिकारीले अस्थायी रुपमा भएपनि निर्माण भएको काठेपुलले सबैलाई सजिलो भएको उल्लेख गर्नुभयो । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्