Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा लाईसेन्स वितरणको प्रक्रिया सुरु

आइतबार, साउन १४, २०८०
tribeni2

रुकुम पश्चिम । आईतबार रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गर्नुभएको हो । 

आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो ।

अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ ।

उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ ।

अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स प्राप्त गर्न सकिनेछ । 

358106140_2554486761370830_895287898612879531_n1690695327.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्