Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काउलेचौरमा चार महिनापछि खानेपानी सुचारु

आइतबार, साउन १४, २०८०
tribeni2
  • घनश्याम खड्का

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १३ को काउलेचौरमा चार महिनापछि खानेपानी सुचारु भएको छ ।

बैशाख १० गते मुहानको ट्याङ्कीमा भल पस्दा बिग्रिएको न्याखोली खानेपानी आयोजना स्थानीयले मर्मत गरे पछि गाउँमा खानेपानी सुचारु भएको हो । 

गाउँ देखि पाँच किलोमिटर टाढा रहेको मुहानबाट पानी आउन छाडेपछि गाउँमा खानेपानीको समस्या भएको थियो । स्थानीय रामलाल खड्काले गाउँका स्थानीयहरुले मुहानमा रहेको ट्याङ्की सफाई र ट्याङ्कीमा रहेको फोहोर फालेसंगै गाउँमा खानेपानी सुचारु भएको बताउनुभयो ।  

भिरबाट पानीको पाईप हालिएकोले बेला बेलामा बिग्रिरहने गरेको खड्काको भनाई छ । 

गाउँमा आउने पानीको मुहानमा रहेको ट्याङ्कीमा लेदो, माटो पसे पछि काउलेचौरका स्थानीयले गाउँ देखि तल रहेको मुहानको पानी पिउदै आएका थिए ।

चार महिना सम्म आधा घण्टा टाढाबाट पानी ल्याएका स्थानीयले मुहान मर्मत गरेर गाउँमै पानी ल्याएपछि खानेपानीको दुख हटेको जनाएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्