Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा घाँस काट्न गएका दुई जनाको सुख्खा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु

आइतबार, साउन १४, २०८०
tribeni2

रुकुम पश्चिम । आईतवार दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् । 

दिउँसो करिब तीन बजेको समयमा घारीखोला भन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसंगै खस्दा स्थानीय दुई स्थानीयको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ७ का ४४ वर्षीय काली बहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्री रहेकी छन । दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते हुनु भएको छ । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको जनाईएको छ । 

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसंगै खसेको प्रहरीले जनाएको छ । तीनै जना करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्