Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्ले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

आज शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस
सोमबार, साउन १५, २०८०
tribeni2

रुकुम पश्चिम । सोमबार बिहान जिल्ला अस्पताल सल्ले रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रुकुम पश्चिमले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।  

पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज प्रकाश खड्काका अनुसार शहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । 

उहाँका अनुसार विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगु जिल्लाका सुरेन्द्र बि.क.को सम्झनामा हरेक वर्षको साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनाउँदै आएको छ । तीनै जना शहिदहरुलाई सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा समेत गरेको छ । 

फलफूल वितरण कार्यक्रममा पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज प्रकाश खड्का, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका सदस्य एवं रुकुम पश्चिम ईन्चार्ज जसविर खत्री, कर्णाली प्रदेश कार्यसमितिका सचिव मनोज के.सी., जिल्ला कार्यसमिति अध्यक्ष खिम प्रकाश शाह, जिल्ला अस्पताल सल्लेका प्रमुख डा. सुशिल पोखरेल लगायतको उपस्थिति रहेको थियो। 

358863005_246749661545774_8318350672734031831_n1690779727.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्