Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद दिवसको अवसरमा रुकुमकोटमा सरसफाई तथा चोयाको डोका वितरण

सोमबार, साउन १५, २०८०
tribeni2

रुकुम पूर्व । नेपाल निजामती कर्मचारी संगठन रुकुम पुर्वले रुकुमकोटमा सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार एक कार्यक्रमका बिच रुकुमकोटमा रहेको विभिन्न सार्वजनिक स्थलहरु सरसफाई गर्नुका साथै फोहोर राख्नको लागि डस्टबिनको रुपमा चोयाको डोका वितरण गरिएको संगठनले जनाएको छ । 

संगठनका जिल्ला अध्यक्ष हर्कबहादुर शाहीका अनुसार महत्वपूर्ण सार्वजनिक स्थलहरु चोक बजार, छिप्रिदह, कमलदह लगायतका स्थानहरु सरसफाई पश्चात डोको वितरण गरिएको हो । उहाँले १० वटा डोका वितण गरिएको बताउनुभयो । 

संगठनका जिल्ला अध्यक्ष शाहीले शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा उक्त कार्यक्रम गरिएको बताउनुभयो । 

विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगु जिल्लाका सुरेन्द्र बि.क.को सम्झनामा हरेक वर्षको साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनाउँदै आएको छ ।

तीनै जना शहिदहरुलाई सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा समेत गरेको छ । 

जिल्ला अध्यष हर्क बहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रमसिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथिको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा रहनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु, स्थानीय व्यापारीहरु लगायतको उपस्थिति रहेको थियो । 

358790059_1752075818578816_6456585641703738831_n1690781823.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्