सरकारको भ्रष्टाचार बिरोधि अभियानको समर्थनमा रुकुममा हस्ताक्षर अभियान

सोमबार, साउन १५, २०८०

रुकुम पश्चिम । वर्तमान नेपाल सरकारले भ्रष्टाचार बिरुद्ध चालेका कदमको समर्थनमा रुकुम पश्चिममा हस्ताक्षर अभियान चलाईएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमको आयोजनामा वृहत नागरिक हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । 

क्रान्तिकारीका प्रदेश सदस्य  तथा जिल्ला उपाध्यक्ष बिशाल बिष्टका अनुसार आज जिल्ला सदरमुकाम खलंगाको मुख्य केन्द्र कालिकाथानमा वृहत हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । 

सरकारले पछिल्लो समय ललिता निवास, सुन तस्करी प्रकरण लगायतका भ्रष्टाचारजन्य कामहरुको सशक्त छानबिन गरिरहेकोले उक्त कामको समर्थन गर्दै जिल्लाबाट ऐक्यबद्धता जनाईएको हो । सरकारलाई साथ दिन र भ्रष्टारबिरुद्ध सन्देश दिन जिल्लास्तरमा हस्ताक्षर अभियान चलाईएको बिष्टले जनाउनुभयो । 

अभियानको समर्थनमा जिल्लाका विभिन्न राजनीतिकर्मीहरु, समाजसेवीहरु, विद्यार्थी, व्यापारी, कर्मचारीहरुले हस्ताक्षर गरेका छन् । 

नागरिक हस्ताक्षर कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सुशिल बिष्ट, प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्षद्वय बिशाल बिष्ट र निराजन केसी, प्रदेश कमिटी सदस्यहरु रामबहादुर बिष्ट, रमेश लामिछाने, किरण बिश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पसका स्ववियु सभापति बिरभान भण्डारी, मुसिकोट नगर कमिटि अध्यक्ष दुर्गा प्रसाद बिश्वकर्मा, चौरजहारी नगर कमिटि अध्यक्ष प्रकाश डाँगी लगायतको उपस्थिति रहेको थियो । 

358139595_1641295113033997_6070291397643113503_n1690787082.jpg

358144965_1017838795886019_7172920843150615130_n1690786684.jpg

358152047_1017838859219346_3496953502830109825_n1690786686.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्