Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको युवा जनजागरण माविका बिद्यार्थी चर्पीको खाल्डोमा खस्ने डर 

चर्पी निर्माणमा सहयोग गरिदिन बिद्यार्थी र बिद्यालयको अनुरोध
सोमबार, साउन १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयमा शौचालय नहुँदा बिद्यार्थीहरुलाई समस्या भएको छ । 

शिशु कक्षा देखि कक्षा १२ सम्म सञ्चालित उक्त बिद्यालयमा भएको शौचालय जीर्ण बन्दै गएपछि बालबालिकाहरु शौचालयको खाडलमा पर्न सक्ने जोखिम बढेको बिद्यालयले जनाएको छ । बिद्यालयका प्रधानाध्यापक कृष्णा खड्का ओलीले शौचालयको अभाव बिद्यालयले झेलिरहेको बताउनुभयो ।

उहाँले कामचलाउ हिसाबले खाडल खनेर, काठको ढलान र पुरानो जस्तापाताले बेरेर शौचालय बनाएतापनि जीर्ण अवस्थामा पुगेको जानकारी दिनुभयो । बिद्यालयमा अध्ययनरत ५७० जना बालबालिकाहरुको लागि शौचालयको तत्काल आवश्यकता रहेको प्रधानाध्यापक खड्काले उल्लेख गर्नुभयो ।

सहयोगको याचना गर्नुुहुँदै खड्काले भन्नुभयो, “बिद्यालयमा आर्थिक समस्या उस्तै छ, बालबालिकाहरु शौचालयको खाल्डोमा खस्ने डर उत्तिकै छ, कसैको नजर पुगे हुनेथियो ।” प्रधानाध्यापक खड्काले बिद्यालयमा २०७७ सालमा भवन बनाउँदा ६० लाख र गत वर्ष नौ लाख गरेर जम्मा ६९ लाख रुपिँया व्ययभार हुँदा आन्तरिक र अन्य श्रोत खोेजेर केहि रकम तिरिएको र  अझै १७ लाख व्ययभार रहेको जानकारी दिनुभयो ।

चाहेर पनि शौचालय बनाउन नसकिएको उहाँको भनाई रहेको छ । प्रधानाध्यापक खड्काले हाल बिद्यालयमा तीन वटा पक्कि भवन र एक वटा कच्चि भवन रहेको तर शौचालय नुहँदा बालमैत्री बिद्यालय निर्माणमा समस्या भईरहेको जनाउनुभयो । 

उक्त बिद्यालयको कक्षा दशमा अध्ययनरत छात्रा प्रशंसा ओलीले शौचालयको खाडलको काठ कुहिएर झर्दै जाँदा खाडल देखिदै गएकोले समस्या बढिरहेको बताउनुभयो । साना भाईबहिनीहरु यस खालमा पर्नेहुन् कि भन्ने डर ठुला कक्षामा पढ्ने साथीहरुमा हुने ओलीले जनाउनुभयो । व्यवस्थित शौचालय नहुँदा छात्राहरुलाई झन बढी समस्या हुने गरेको उहाँले बताउनुभयो ।

कक्षा नौ मा अध्ययनरत छात्र सायमन खड्काले बर्षायामको पानीको बग्ने निकास नभएकोले शौचालयको काठ गल्दै गएको उल्लेख गर्नुभयो । ढोका बाहिर पानी जमेको, शौचालयको खाल्डो देखिदै गएकोले साना भाईबहिनीहरुलाई धौ धौ भएको उहाँले उल्लेख गर्नुभयो ।

यस बिषयमा बिद्यालय प्रशासन समक्ष कुरा राख्दा पनि आर्थिक अभावको कारण बनाउन नसकिएको प्रतिक्रिया पाएको बिद्यार्थीहरुले जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्